‘के घर के डेराः घर नम्बर २’को मुख्य अभिनेत्रीमा केकी र उपासना अनुबन्धित

‘के घर के डेराः घर नम्बर २’को मुख्य अभिनेत्रीमा केकी र उपासना अनुबन्धित

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार अर्थात् साउनको २५ गतेदेखि छायांकनमा जान लागेको सिनेमा ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ ।

सिनेमाको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । यसैबीच सिनेमाका लागि मुख्य दुई अभिनेत्री पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको छ ।

सिनेमाका लाागि अभिनेत्रीद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको हो । केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ ।

केकीले बैशाख महिनामा सिनेमा ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन् । उपासनाले सिनेमा ‘खुस्मा’को छायांकन सकेपछि यो सिनेमामा काम गर्न लागेकी हुन् । योसँगै सिनेमामा मुख्य कलाकारहरुको लाइनअप बलियो बनेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको सिनेमाको कथा वुद्दिसागरले लेखेका हुन् । सिनेमाको छायांकन काठमाडौंमा हुने निर्माणपक्षले बताएको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

सिनेमालाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माणपक्षको छ । यो सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । सिनेमालाई यही बर्ष नै रिलिज गर्ने तयारी गरिएको छ ।