दर्शकसँग साक्षात्कार गर्न पोखरा पुग्यो ‘मोदीबेनी’ टिम

दर्शकसँग साक्षात्कार गर्न पोखरा पुग्यो ‘मोदीबेनी’ टिम

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रवार प्रदर्शनमा आएको सिनेमा ‘मोदीबेनी’का कलाकार तथा निर्देशक र निर्माताको टिम पोखरा पुगेको छ । पोखराका विभिन्न हलहरूमा दर्शकको चाप र कलाकार भेट्नको लागि माग आएको बताउँदै सिनेमा टिम पोखरा आएको हो ।

कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शंकर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेका हुन् ।

भरिभराउ दर्शक भेटेपश्चात् निर्देशक शंकर कोइरालाले दर्शकले सिनेमाको थ्रिलिङ पार्टलाई रुचाएको बताए । उनले बुधवार सिमित शो रहेको र भएका शोहरूमा टिकट नपाउँदा हुँदा केही दर्शक फर्किन बाध्य भएको बताए । उनले दर्शकको प्रतिक्रिया बुझ्दा वर्ड अफ माउथले राम्रै काम गरेको देखिएको सुनाए ।

डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा यो सिनेमा निर्माण भएको हो । सिनेमामा प्रवीण खतिवडा, सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउवाला गौतम लगायतको पनि अभिनय रहेको छ ।