शुक्रबारबाट प्रदर्शनमा आयो गौरव र नम्रताको ‘नम्बरी सुन’

शुक्रबारबाट प्रदर्शनमा आयो गौरव र नम्रताको ‘नम्बरी सुन’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले सोलो रिलिज अवसर पाएको छ । सिनेमाप्रति दर्शकलाई आकर्षित गर्न निर्माताले सुन उपहार योजना समेत ल्याएका छन् ।

‘खल्ती एप’बाट सिनेमाको टिकट काट्ने ५ जना र हलमै गएर टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिनेछ । सुन उपहार योजनाले सिनेमाको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

सिनेमामा गौरव पहारी र नम्रता सापकोटा, राजाराम पौडेल, राजेन्द्र खड्गी, सरोज खनाल, सविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, कंगना गिरी, राजेन्द्र गिरी, अस्मिता न्यौपानेको अभिनय छ । सिनेमाको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल रहेका छन् ।

सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन छ ।

आज शुक्रबारबाट दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’ पाँचौं हप्तामा प्रवेश गरेको छ । यो सिनेमालाई अनिल बुढा मगरले निर्देशन गरेको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।