‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु

‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु

द सिनेमा टाइम्स
322
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘के घर के डेराः घर नम्बर २’को छायांकन आज शुक्रबारबाट सुरु भएको छ । सिनेमाको छायांकन गोदावरीबाट सुरु गरिएको छ । ३० दिनको सेड्यूल राखेर सिनेमाको छायांकन सुरु भएको हो ।

सिनेमाको पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । भोलि शनिबारबाट सिनेमाका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकनमा जोडिनेछन् ।

सिनेमाको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको थियो । शुभसाइत समारोहमा सिनेमाका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । सिनेमामा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल-कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । सिनेमामा कृष्णबहादुर थापाको छायांकन छ ।

सामाजिक बिषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । सिनेमामा वुद्दिसागरको लेखन छ । सिनेमा ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा यो सिनेमा निर्माण हुँदैछ । सिनेमाको काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ । सिनेमालाई यही वर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।