माघ ११ बाट पोष्टपोण्ड भयो ‘अन्जिला’, अब फागुन २९ मा हुनेछ रिलिज

माघ ११ बाट पोष्टपोण्ड भयो ‘अन्जिला’, अब फागुन २९ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को प्रदर्शन मिति पोष्टपोण्ड भएको छ । यसअघि माघ ११ गते रिलिज गर्ने तयारीमा रहेको यो सिनेमा अब फागुन २९ गतेबाट आउने छ ।

निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नु परेको बताए । सिनेमामा एञ्जिला स्वयंम् मुख्य भूमिकामा देखिनेछिन् । उनका अलवा सिनेमामा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्ख भूमिका निर्वाह गरेका छन् ।

सिनेमाको छायांकन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सिनेमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथामा आधारित छ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।

यद्यपि, सिनेमा ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको निर्देशक चाम्सले स्पष्ट पारेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन र विनोद सुवेदी खत्री निर्माण नियन्त्रकको रुपमा काम गरेका छन् ।