‘रावायण’ पोस्टरमा गम्भिर पल, रिसाएकी पुजा

‘रावायण’ पोस्टरमा गम्भिर पल, रिसाएकी पुजा

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाहको मुख्य भुमिका रहेको सिनेमा ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमाको पोस्टरमा पल र पुजा फिचर्ड छन् ।

पोस्टरमा पल केही गम्भीर र पुजा रिसाएको भावमा प्रस्तुत छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा सिनेमा एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।