‘ज्वाई साब’को रोमान्टिक गीत ‘कसम बत्तीको’ मा निशान र समीक्षाको स्वर

‘ज्वाई साब’को रोमान्टिक गीत ‘कसम बत्तीको’ मा निशान र समीक्षाको स्वर

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो सिनेमाको प्रदर्शन मिति चाँडै नै घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

यसैबिच, सिनेमाका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतमा सिनेमाका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको थियो । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।