‘नरसिंहाः अवतार’मा नीती शाह अनुबन्धित, महानायक हमालसँग जोडी बाँधिने

‘नरसिंहाः अवतार’मा नीती शाह अनुबन्धित, महानायक हमालसँग जोडी बाँधिने

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराईको निर्देशनमा सिनेमा ‘नरसिंहाः अवतार’ निर्माणको तयारीमा छ । यो सिनेमाबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्दैछन् ।

सिनेमा महानायक हमाल पछि अभिनेत्री नीती शाह पनि अनुबन्धित भएकी छन् । सिनेमामा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ । उनी महानायक हमालको जोडीको रुपमा सिनेमामा देखिनेछिन् ।

नरसिंहाको अर्थ : भगवान विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहिबार सिनेमाको घोषणासँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको संकेत गरेको छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने सिनेमा भदौबाट छायांकनमा जाने तयारीमा छ । सिनेमाको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को सिनेमा ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।