आँचल र विवेकको ‘वर एन्ड वधु’ पोस्टरमा रोमान्टिक अवतार

आँचल र विवेकको ‘वर एन्ड वधु’ पोस्टरमा रोमान्टिक अवतार

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘वर एन्ड वधु’को तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमध्ये दुईवटामा अभिनेत्री आँचल शर्मा र डेव्यु-अभिनेता विवेक कर्माचार्य चित्रित छन् । एउटामा दुवै आमने-सामने भएर प्रेमिल भावमा देखिएका छन् भने अर्कोमा आँचललाई विवेकले काँधमा बोकेका छन् । यी दुई पोस्टरले उनीहरुको सम्बन्धलाई दर्शाउँछ ।

तेस्रो पोस्टरमा आँचल र विवेकसहित विजय लामा, किरण केसी, रविन्द्र खड्का, हिमेश पन्त, दिनेश काफ्ले, सीता न्यौपाने, कुशुम शर्मा र सृष्टि खड्का प्रस्तुत छन् । आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा, यमन श्रेष्ठ लगायतको पनि अभिनय छ ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् । यसअघि सार्वजनिक सिनेमाका दुईवटा गीतलाई दर्शकले रुचाएका छन् । कलाकारको बलियो लाइनअप भएकाले सिनेमाले बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर तथा कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी रहेको छ । सिनेमालाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।