शाहरुखका कान्छा छोरा अबरामको डेव्यु सिनेमा ‘मुफासा : द लायन किङ’ ट्रेलर रिलिज

शाहरुखका कान्छा छोरा अबरामको डेव्यु सिनेमा ‘मुफासा : द लायन किङ’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउडको सफल सिनेमा ‘द लायन किङ’को सिक्वेल ‘मुफासा : द लायन किङ’को हिंन्दी संस्करणबाट बलिउड अभिनेता शाहरुख खानका कान्छा छोरा अबराम खानले डेव्यु गर्ने भएका छन् । सिनेमाको पहिलो पार्ट ‘द लायन किङ’को हिन्दी संस्करणको मुख्ख पात्रमा बलिउड अभिनेता शाहरूख खान र उनका छोरा आर्यन खानले स्वराकंन गरेका थिए ।

यो सिनेमामा शाहरूख खानले मुफासाको र आर्यनले सिम्बाको लागि आवाज दिएका थिए । सिनेमा भारतीय बक्सअफिसमा सुपरहिट भएको थियो । अब यही सिनेमाको प्रिक्वेल ‘मुफासा : द लायन किङ’ प्रदर्शन हुँदैछ । आइतबार सिनेमाको ट्रेलर सार्वजनिक गरिएको छ ।

बेरी जेनकिन्सले निर्देशन गरेको सिनेमा २० डिसेम्बरदेखि प्रदर्शन आउने छ । यो सिनेमाको मुफासा पात्रको लागि शाहरूख खानका कान्छा छोरा अबराम खानले आवाज दिएका छन् । अबरामले मुफासाको बच्चा पात्रका लागि आवाज दिएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

बलिउड मिडियाका अनुसार ‘मुफासा’सँग अविश्वसनीय विरासत छ । उसलाई जंगलको अन्तिम राजाको रूपमा हेरिएको छ । ऊ जंगलको राजा हो र उसले आफ्नो छोरा सिम्बालाई मार्गदर्शन गर्छ । ‘मुफासाः द लायन किङ’मा मुफासाको बाल्यकालदेखि राजा बन्ने सम्मको यात्रा देखाइएको छ ।

बलिउड अभिनेता शाहरुख खानले ‘मुफासा : द लायन किङ’ आफ्ना लागि विशेष भएको र डिज्नीसँग सहकार्य गर्न पाउँदा निकै खुशी रहेको प्रतिक्रिया दिएका छन् । उनले वाल्ट डिज्नीको यो सिनेमामा आफ्ना छोराहरु आर्यन र अबराम जोडिएकाले पनि ‘मुफासा : द लायन किङ’ विशेष रहेको बताएका हुन् ।