‘छक्का पञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन्’ सार्वजनिक

‘छक्का पञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन्’ सार्वजनिक

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक भएको छ । ‘बिहे भाको छैन्’ बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।

सिनेमाको सोमबार युट्युबमा सार्वजनिक भएको गीतमा दीपक शर्माको संगीत, अभिनेता तथा निर्माता गिरी र संगीतकार शर्माको शब्द रचना रहेको गीतमा सवीन शर्मा र बेनिशा पौडेको स्वर सुन्न सुकिन्छ । रिकेश गुरुङले एरेञ्ज गरेको सिनेमाको सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । सिनेमा दशैंको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा दीपक, वर्षाका अलवा केदार घिमिरे (माग्ने बुढा)को पनि मुख्य भुमिका रहेको छ । सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि अभिनेता तेज गिरी र आर्यन सिग्देलको पनि ‘छक्का पञ्जा ५’मा अभिनयको खुलिसकेको छ ।

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।