असोज २४ दशैंको फूलपातिमा जितु र नीतिको ‘ज्वाइँ साब’ पनि

असोज २४ दशैंको फूलपातिमा जितु र नीतिको ‘ज्वाइँ साब’ पनि

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ज्वाइँ साब’को प्रदर्शन मिति तय गरिएको छ । मंगलबार यो सिनेमाको निर्माण टिमले फर्स्टलुक सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति फाइनल गरेको हो ।

असोजको २४ गते फूलपातिबाट यो सिनेमालाई देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । सिनेमाको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल सिनेमाको धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ । दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको सिनेमाको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई अभिनेत्री नीति शाहले साथ दिएकी छन् । सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

सिनेमाका प्रस्तुततकर्ता पण्डितले सवैसँग सल्लाहा गरेर फूलपातिमा रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

यही मितिमा दीपक-दीपा समुहले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा ५’ पनि प्रदर्शनमा आउँदै छ । यो सिनेमाको निर्माण टिमले सोमबार मात्रै ‘बिहे भाको छैन्’ बोलको गीत रिलिज गरेको थियो ।