‘बुलाकी’को गीत ‘रातले कुर्या चन्द्रमा’ सार्वजनिक

‘बुलाकी’को गीत ‘रातले कुर्या चन्द्रमा’ सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् साउन ३२ गतेबाट पुनः प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’को गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ‘रातले कुर्या चन्द्रमा’ बोलको गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् । बाबुल गिरीको संगीतमा तयार भएको गीतमा करण परियार र अन्नु चौधरीको स्वर छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशन रहेको छ । सिनेमामा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टका अलवा डेव्यु अभिनेत्री सरस्वती खत्री मुख्ख भूमिकामा छन् ।

शिव ढकालको छायांकन रहेको सिनेमामा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । सिनेमालाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।