सुर्या र बबीको ‘कंगुवा’को एक्सन ट्रेलर सार्वजनिक

सुर्या र बबीको ‘कंगुवा’को एक्सन ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता सुर्या र बलिउड अभिनेता बबी देवलको तमिल सिनेमा ‘कंगुवा’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा बबी देओल र सूर्याको दमदार एक्सन देख्न सकिन्छ ।

‘कंगुवा’को ट्रेलर युद्ध कथाबाट सुरु हुन्छ । सिनेमामा सूर्या साहसी र निर्दयी पात्रमा देखिएका छन् । ट्रेलरमा युद्ध र त्यसले निम्त्याएको विनाश देख्न सकिन्छ । सिनेमाको ट्रेलरले ऐतिहासिक मानव समुदायलाई सुन्दर ढंगले चित्रण गरेको छ । यो सिनेमालाई तमिलका सफल निर्देशक शिवाले निर्देशन गरेका हुन् ।

यो सिनेमा दशैंको फूलपातिमा अर्थात् १० अक्टोवरबाट विश्वभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ । सूर्या र बबीका अलवा सिनेमामा दिशा पटानी, जगपथु बाबु, नेट्टी नटराजन, केएस रविकुमार र कोभाई सरलाको अभिनय रहेको छ । सिनेमा थ्रीडी र आइम्याक्स तीन दर्जन भाषामा रिलिज हुने जानकारी निर्माण कम्पनिले दिएको छ ।