सौगातपछि ‘जन्ते बाख्रो’मा भित्रिए आशिफ शाह

सौगातपछि ‘जन्ते बाख्रो’मा भित्रिए आशिफ शाह

द सिनेमा टाइम्स
413
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । यसअघि नै सिनेमाको मुख्य भुमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन् । सिनेमामा आशिफको पनि मुख्य भुमिका नै रहने छ ।

निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै सिनेमाको छायांकन तिहार पश्चात गर्ने तयारी निर्माण कम्पनिको छ । सिनेमाको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ । जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए । सिनेमाको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढिले आवेदन दिएका छन् ।

सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । सिनेमाको छायांकन हरि हुँमागाईले गर्नेछन् ।