माघ ११ मा दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेराः घर नम्बर २’

माघ ११ मा दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेराः घर नम्बर २’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत साउनको २५ गतेबाट छायांकनमा गएको सिनेमा ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले सिनेमा माघको ११ गतेबाट प्रदर्शनमा आउने बताए । करणले भने-‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह गरेर सिनेमाको प्रदर्शन यो मितिमा पक्का गरेका हौं ।’

निर्माण टिमले सिनेमाको छायांकन सुरु भएको एक साता पनि नवित्दै प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमाको छायांकन एक महिनामा सक्ने योजना निर्माणपक्षको छ । दीपेन्द्र के खनालको निर्देशन तथा बुद्दि सागरको कथा लेखन रहेको सिनेमालाई काठमाडौंका विभिन्न स्थानमा नै खिचिनेछ ।

सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाले सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गर्ने निर्देशक खनाल बताउँछन् । बिष्णु प्रसाद मैनाली प्रोडक्सन हेड रहेको सिनेमामा कृष्णबहादुर थापाको छायांकन छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको सह-निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु छन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ । काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले यो सिनेमा वितरण गर्नेछ ।