महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’मा सनिशा

महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’मा सनिशा

द सिनेमा टाइम्स
714
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराई निर्देशन निर्माण हुन लागेको सिनेमा ‘नरसिंहाः अवतार’मा कलाकारहरुको लाइनअप बलियो बन्ने देखिएको छ ।

सिनेमाको निर्माणपक्षले अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको छ । एक्सन तथा सोसल ड्रामामा बन्ने सिनेमाको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । मंगलबार निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ । आफूले निर्वाह गर्ने भूमिका र सिनेमालाई लिएर आफू उत्साहित रहेको जानकारी सनिशाले दिइन् ।

सनिशाको यो दोस्रो सिनेमा हो । उनको डेब्यू अभिनय रहेको सिनेमा ‘१२ गाउँ’ फूलपातीमा रिलिज हुँदैछ । यही सिनेमाबाट ८ वर्षपछि महानायक राजेश हमाल कमव्याक गर्दैछन् । यो सिनेमामा निती शाह पनि यसअघि नै अनुबन्धित भइसकेकी छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने सिनेमा भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ । सिनेमाको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को सिनेमा ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।