चलचित्र विकास बोर्ड अध्यक्षका लागि दिनेश, करिष्मादेखि अर्जुन, दीपासम्मको आवेदन

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दिनेश, करिष्मादेखि अर्जुन, दीपासम्मको आवेदन

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विगत केही हप्ता यता चलचित्र विकास बार्ड अध्यक्ष बिहीन छ । गत साउन ८ गते विकास बोर्ड अध्यक्ष भुवन केसीको २ वर्षे कार्यकाल सकिएको थियो । साउन १० गते भुवनको बिदाई पश्चात सुचना तथा सञ्चार मन्त्रालयले साउन १६ विकास बोर्ड अध्यक्षको लागि दरखास्त आव्हान गरेको थियो ।

दरखास्त आव्हानको मितिबाट आजसम्म चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनेको संख्या ६ पुगेको छ । आवेदन दिने अन्तिम दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर थप तीनजना सिनेमाकर्मीले दरखास्त हालेका हुन् ।

मन्त्रालयका अनुसार सिनेमा निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेतले आवेदन दिएका हुन् ।

यसअघि दिनेशराज दाहाल (डीसी), राजेश थापा र करिश्मा मानन्धरले पनि आवेदन दिएका थिए । प्राप्त आवेदन योग्य छन् कि छैनन् भन्नेबारेमा रुजु गरिने मन्त्रालयले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिको तालिका प्रकाशन हुनेछ । सिफारिस समितिले बढीमा तीनजनाको नाम मन्त्रालयमा पठाउने छ ।

सुचना तथा सञ्चार मन्त्रालयले गर्ने सिफारिसको आधारमा कुनै एक जनालाई मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गर्नेछ ।