‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रैछ’ सार्वजनिक

‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रैछ’ सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को गीत सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको रोमान्टिक गीत ‘माया बसेको रैछ’मा सिनेमाका मुख्य कलाकार मलिका महत र सन्दीपबाबु लोहनी फिचर्ड छन् ।

संगीतकार दीपक शर्माको संगीत निर्देशन तथा निर्देशक सुवेदीको शब्द रचना रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ । सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न सकिन्छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर, गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेका छन् ।

छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष यो सिनेमाले यसअघि विभिन्न अवार्डमा समेत उत्कष्ट सिनेमाको अवार्ड जितिसकेको छ । सिनेमाले छोरी हुनुको महत्व समाजलाई बुझाउन खोजेको निर्देशक लक्ष्मण सुवेदी बताउँछन् ।

सिनेमामा मलिका र सन्दीपका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।