शिशिर योगीको स्वरमा ‘रित्तो गाउँ’को लिरिकल गीत ‘बोल्ने कोहि छैन्’

शिशिर योगीको स्वरमा ‘रित्तो गाउँ’को लिरिकल गीत ‘बोल्ने कोहि छैन्’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’मा समावेश गीत ‘बोल्ने कोहि छैन्’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केहि सिनेमाका दृश्यहरु पनि समावेश गरिएका छन् ।

यो लिरिकल गीतमार्फत सिनेमा कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास निर्माण टिमले गरेको छ । चर्चित तथा स्थापित गायक शिशिर योगीको आवाज तथा म्युजिक, कवि अर्जुन पराजुलीको शव्द, विवी अनुरागीको एरेन्जमा यो गीत तयार भएको हो । विभिन्न सिनेमा महोत्सव तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटीमा सार्वजनिक गर्ने तयारी छ ।

सिनेमामा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । डकुमेन्ट्री पार्टमा भने देशभरका विभिन्न घटना र दृश्य देखाइएको छ । रामजी ज्ञवालीको लेखन तथ निर्देशनमा निर्माण भएको ‘रित्तो गाउँ’ले युवाको पलायनले रित्तिँदै गएको गाउँको कथा प्रस्तुत गर्छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको सिनेमाका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कँडेल कार्यकारी निर्माताका रूपमा छन् ।

निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, भरत कंडेलको साउण्ड डिजाइन सिनेमामा रहेको छ । केहि समय अघि काठमाडौंमा भएको विशेष प्रदर्शनमा सहभागी दर्शक तथा अतिथीले सिनेमालाई राम्रो प्रतिक्रिया दिएका थिए ।