पोस्टर हेरेपछि भन्न सकिन्छ – नेपाली सिनेमा उद्योगले एक्सन हिरोको रुपमा समिरलाई पाइसक्यो

पोस्टर हेरेपछि भन्न सकिन्छ – नेपाली सिनेमा उद्योगले एक्सन हिरोको रुपमा समिरलाई पाइसक्यो

द सिनेमा टाइम्स
343
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा निर्माणको घोषणादेखि नै समीर भट्ट चर्चामा छन् । दुई दशकभन्दा लामो समयसम्म बिराज भट्ट नोपली सिनेमा इन्डस्ट्रीमा रहे पनि उनको छोरो समीरबारे न कसैलाई थाहा थियो न उनले नै समीरबारे जानकारी गराएका थिए ।

जब एकाएक आकर्षक जिउडाल र सिक्स प्याक्ड बडीमा समीरको तस्बिर सार्वजनिक भयो अनि सुरु भयो एकैसाथ उनको चर्चा र तारिफ । समीर सार्वजनिक भएका थिए, सिनेमा ‘१२ गाउँ’का लागि । उनी यही सिनेमामार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

समीरले नेपाली रजतपटमा डेब्यु गर्दा केही संयोगहरू हुनेछन् । उनी आफ्नै बाबुको निर्देशन रहेको सिनेमाबाट रजतपटमा डेब्यु गर्नेछन् । बुवासँगै स्क्रिन सेयर गर्नेछन् । सिनेमा कथा बिराज आफैले लेखेका छन् । दुवैजना सिनेमामा मुख्य भूमिकामा हुनेछन् । यो आफैँमा दूर्लभ संयोग त नहोला तर संयोग भने पक्कै हो ।

यही चलचित्र ‘१२ गाउँ’को पोस्टर सार्वजनिक भएको छ । क्यारेक्टर लुक्ससहित सार्वजनिक पोस्टरमा बिराज र समीर छन् । पोस्टरमा दुवैजना अर्धकदमा छन् । टिर्सट र लेदरको ज्याकेटमा रहेका बिराज झुस्स दारीमा एंग्री लुक्समा छन् । कसैलाई बदला लिन एक्सनमा देखिएको उनको यो लुक्सले बिराज एक्सन अवतारमा ‘१२ गाउँ’मा देखिने प्रष्ट हुन्छ ।

राइट साइडमा साइड एंगलमा छन्, समीर । छोटो दारी जुंगा र मध्यम साइजको कपालमा रहेका समीरक कम्मरमाथि न्युड बडीमा छन् । उनको फुल सिक्स प्याक्ड यति कसिलो छ, लाग्छ उनी कुनै बलिउड वा हलिउडका एक्सन हिरो हुन् ।

उनको यो बडीले उनले शरीर बनाउन कति मेहनत गरे भन्ने प्रष्टै सहजै अनुमान लगाउन सकिन्छ । यो बडीले गरेको अर्को संकेत ‘१२ गाउँ’मा उनी फुल अन एक्सनमा छन् ।

बिराजले सिनेमाको घोषणामा ‘एक्सन सिनेमा कस्तो हुनेछ भन्ने १२ गाउँ हेरेपछि थाहा हुन्छ’ भनेको कुरा समीरको बडीले पूरा हुने संकेत गरेको छ । बडी अनुसार उनले एक्सन गर्छन् अथवा गर्दैनन् त्यो केही समय पछि देखिनेछ ।

तर यो चाहिँ पोस्टरबाटै थाहा हुन्छ, नेपाली चलचित्र उद्योगले एक्सन सिनका लागि चाहिने बडी भएको हिरो चाहिँ पाइसक्यो ।

विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ’को पोस्टरपछि अब आज  टिजर सार्वजनिक हुदै छ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफियाफिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।