असोज ३ बाट पोस्टपोण्ड भयो ‘ह्रस्व दीर्घ’, चाँडै नयाँ मिति घोषणा गरिने

असोज ३ बाट पोस्टपोण्ड भयो ‘ह्रस्व दीर्घ’, चाँडै नयाँ मिति घोषणा गरिने

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टीस्टारर सिनेमा ‘ह्रस्व दीर्घ’ रिलिज पोस्टपोन्ड भएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको थियो ।

सिनेमाको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत् जानकारी गराएकी छन् । असोज ३ गते प्रदर्शन गर्ने गरी निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित यसै साता ‘उठेर नाचिस्यो’ गीत सार्वजनिक गरेको थियो । चन्द्र पन्तको  निर्देशनमा निर्माण भएको ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको जम्बो टिम नै छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।