विराज र समीरको ‘१२ गाउँ’को एक्सन प्याक्ड टिजर सार्वजनिक

विराज र समीरको ‘१२ गाउँ’को एक्सन प्याक्ड टिजर सार्वजनिक

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो ।

अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने सिनेमाको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजर हेर्दा सिनेमाले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनोमाका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सार्वजनिक टिजरमा योद्धाको रुपमा देखिएका समीरको संवाद समावेश गरिएको छैन् । यो उनको डेव्यु सिनेमा हो । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो सिनेमाबाट आफुलाई एक्सन हिरोको रुपमा चिनाएका छन् । नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन ‘१२ गाउँ’ दर्शकले हेर्न पाउने दाबी निर्देशक विराजको छ । सिनेमाको सार्वजनिक टिजरले त्यो देखाएको पनि छ ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।