‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज

‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज

द सिनेमा टाइम्स
364
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको गीत रिलिज कार्यक्रममा दुईदेखि सिनेमा हलमा चलिरहेको टिजर पनि देखाइएको थियो । शुक्रबार सार्वजनिक सिनेमाको रत्यौली गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालि प्रसाद बास्कोटा र बबीना किराँतीको स्वर छ । गीतको सार्वजनिक गीतमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । सिनेमाको गीत रिलिज कार्यक्रममा निश्चल र स्वस्तिमालाई सफलताको शुभकामना दिन निर्मात माधव वाग्ले, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, संघिय सांसद विनिता कठायत, हास्य कलाकार सुमन कार्की लगायतको उपस्थिती रहेको थियो ।

सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।