आँचल र विवेक अभिनित ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

आँचल र विवेक अभिनित ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २२ सकेण्ड लामो रोमान्टिक ट्रेलर रिलिज गरिएको हो ।

सार्वजनिक ट्रेलरले एक जोडीको प्रेम, रोमान्स, धोका र बदलाको कथामा सिनेमा निर्माण भएको देखिन्छ । आधुनिक समाजले विवाहलाई लिएर गर्ने अनावश्यक खर्च र तिकडम पनि सिनेमाको ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको केमेष्ट्री पनि मिलेको देखिएको छ ।

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेक र कुसुमको यो डेब्यु सिनेमा हो ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने छ । रोमानियामा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।