लोकार्नो फिल्म फेस्टिभलमा नेपालले जित्यो उत्कृष्ट अभिनेत्रीको अवार्ड

लोकार्नो फिल्म फेस्टिभलमा नेपालले जित्यो उत्कृष्ट अभिनेत्रीको अवार्ड

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । स्वीटजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा नेपाली सिनेमाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको छ । नेपाली सिनेमा ‘साम्बाला’की नायिका थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी हुन् ।

यो उत्कृष्ट अभिनयका लागि दिइने अवार्ड हो । मीनवहादुुर भामको निर्देशन रहेको सिनेमा साम्बाला’ले नेपाल बाट लोकार्नोका लागि छनोट भएको थियो । साम्बालामा थिन्लेले बहुुपति प्रथा अनुुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी छिन् । जसमा ती महिला पात्रले हिमाली क्षेत्रको संघर्षपूूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि गरेकोे जोखिमयुुक्त यात्रा गरेकी छन् ।

निर्माण टिमले यो अवार्ड जिन्नुले नेपाली सिनेमासँगै विश्वव्यापी मञ्चमा दक्षिण एसियाको प्रभाव बढ्दै गएको छ भन्ने प्रष्ट पारेको जनाएको छ ।