युट्युब ट्रेन्डिङमा विराजको ‘१२ गाउँ’ टिजर, समीरको एक्सनले जित्यो दर्शकको मन

युट्युब ट्रेन्डिङमा विराजको ‘१२ गाउँ’ टिजर, समीरको एक्सनले जित्यो दर्शकको मन

द सिनेमा टाइम्स
1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबार रिलिज भएको अअभिनेता विराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’को टिजर युट्युब ट्रेन्डिङमा उक्लेको छ । हामीले यो समाचार तयार पार्दाको अवस्थामा सिनेमाको टिजर युट्युब ट्रेन्डिङको १८ औं स्थानमा छन् ।

हालसम्म सिनेमाको टिजरले युट्युबमा ५ लाख बढि भ्युज, ३९ हजार बढि लाईक र ५ हजार बढि कमेन्ट पाएको छ । सिनेमाको कमेन्ट बक्समा अधिकांशले सिनेमाको टिजरको तारिफ गरेका छन् । विराजको निर्देशन पक्ष र डेव्यु अभिनेता समीरको एक्सनको पनि उत्तिकै तारिफ भैरहेको छ ।

सिनेमाको टिजरमा प्रतिक्रिया दिने अधिकांश दर्शकले आफुहरु लामो समयदेखि हलमा गएर सिनेमा नहेरेको र विराज र समीरको ‘१२ गाउँ’ हेर्ने उल्लेख गरेका छन् । जसले गर्दा सिनेमा हेर्न दर्शक उत्सुक रहेको बुझ्न सकिन्छ । विराजका छोराले नेपाली सिनेमामा डेव्यु गरेकाले पनि उनको न्यानो स्वागत गर्न तयार रहेको सिनेमाको र्साजनिक पोस्टर तथा टिजरमा आएको प्रतिक्रियाले देखाउँछ ।

सिनेमाको टिजरमा योद्धाको रुपमा देखिएका समीरको संवाद समावेश छैन् । जसले गर्दा दर्शक उनको आवाज सुन्न आतुर रहेका प्रतिक्रिया पनि टिजरको कमेन्ट बक्समा भेटिन्छन् । यो उनको डेव्यु सिनेमा हो । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो सिनेमाबाट आफुलाई एक्सन हिरोको रुपमा चिनाएका छन् ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।