‘डिग्री माइला’ पुनःसम्पादनसहित ओटिटीमा रिलिज

‘डिग्री माइला’ पुनःसम्पादनसहित ओटिटीमा रिलिज

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’ पुनः सम्पादित संस्करण ओटिटी प्लेटफर्म ‘सिनेमा घर’ एपमा रिलिज भएको छ ।

सिनेमामा दयाहाङ राई, आँचल शर्मा, ऋचा शर्मा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरू अभिनय रहेको छ । यो सिनेमा विश्वभरका नेपाली दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध भएको हो ।

पुनःसम्पादनमार्फत ‘डिग्री माइला’को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ । जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ । निर्देशक गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त प्रतिक्रिया सिनेमा केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानी पुनः सम्पादन गरिएको बताए ।

यसअघि रामबाबु निर्देशित सिनेमा ‘कबड्डी ४’ले सिनेमा घरमा सफलता प्राप्त गरेको थियो । गुरुङले सो सिनेमालाई दर्शकले दिएको प्रेम यो सिनेमामा पनि अपेक्षा गरेको बताए । सिनेमाघर एप एन्ड्रोइड र आइओएस मोबाइलहरूमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको सिईओ सागर खरेलले बताए ।