‘देवी’ ट्रेलर : बलात्कारका घटनामा कानुनले पार्ने प्रभावको कथा

‘देवी’ ट्रेलर : बलात्कारका घटनामा कानुनले पार्ने प्रभावको कथा

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हिंन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए । कोरोना अगाडीबाट नै सुरु गरिएको सिनेमा निर्माणका क्रममा आफुले विभिन्न उतार चढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे ।

आफुले यो सामाजिक कथामा सिनेमा निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आएपनि समाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेकाले ‘देवी’ बनाएको निर्देशक राईले बताए । आफ्नो सिनेमा रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए ।

निर्देशक राईलाई यो सिनेमा निर्माण सिनेमाकी मुख्य अभिनेत्री शिल्पा मास्केले पनि सघाएकी छन् । उनी सिनेमामा सह-निर्माताको रुपमा छिन् । सिनेमाको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।