अर्जुन कुमारको ‘सानो संसार’ ३५ दिनमा प्याकअप

अर्जुन कुमारको ‘सानो संसार’ ३५ दिनमा प्याकअप

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भैरहेको सिनेमा ‘सानो संसार’को छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप भएको हो ।

निर्माण अर्जुन कुमारले सोमबार सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर सेयर गर्दै यो सिनेमा निर्माणमा साथ र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै छायांकन सकिएको जानकारी दिएका छन् । पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । सिनेमाको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिएको हो ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुले काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले प्रोहत्सान गरेको निर्माता अर्जुनले बताए । यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफुले यो सिनेमामा लगानी गरेको उनको दाबी छ ।

सिद्धार्थले यही सिनेमाबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।