श्रद्धा र राजकुमारको ‘स्त्री २’ चार दिनमै दुई सय करोड क्लबमा

श्रद्धा र राजकुमारको ‘स्त्री २’ चार दिनमै दुई सय करोड क्लबमा

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री श्रद्धा कपुर र अभिनेता राजकुमार रावको हरर युनिभर्स ‘स्त्री २’ले बक्सअफिसमा सुनामी ल्याएको छ । यो सिनेमाले ४ दिनमा दुई करोड भन्दा माथिको व्यापार गरेको छ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यो सिनेमाले बुधबार गरिएको पेड प्रिभ्युमा मात्रै ९.४० करोड कमाएको थियो । त्यसपछि बिहीबार ५५.४० करोड, शुक्रबार ३५.३० करोड, शनिबार ४५.७० कमाएको सिनेमाले आइतबार ५८.२० करोड कमाई गर्दै चार दिनमा नै २०४ करोडको आकाडा छोएको हो ।

यो सिनेमासँग बलिउड सुपरस्टार अक्षय कुमारको ‘खेल खेल में’, जोन अब्राहमको ‘वेदा’ र दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’ पनि प्रदर्शनमा आएका थिए । यी सिनेमाको कमाई बलिउड बक्सअफिसमा नाजुक देखिएको छ । अक्षय र जोनको सिनेमाले १५ करोडभन्दा पनि कम व्यापार गर्दा दक्षिण भारतीय सिनेमा डबल स्मार्टको कमाई एक करोड पनि छैन् ।

यसबाट पनि के बुझिन्छ भने सिनेमाको कन्टेन्ट बलियो भएको खण्डमा ठुला स्टार चाहिँदैन् । सिनेमाको कथावस्तु र प्रचार प्रसार चुस्त भयो भने जस्तो सुकै सिनेमाले पनि बक्सअफिसमा सुनामी ल्याउन सक्छ भन्ने चर्चा बलिउड मिडियामा भैरहेको छ । अक्षय, जोन र संजय दत्त जस्ता स्टारका सिनेमा बक्सअफिसमा नराम्रोसँग असफल हुँदा ‘स्त्री २’ले बक्सअफिसमा सुनामी ल्याएको हो ।

‘स्त्री २’ यो लेभलमा चल्नुको अर्को कारण सिनेमाको पहिलो पार्ट बक्सअफिसमा सुपरहिट हुनु हो । २०१८ मा रिलिज भएको यो सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गरेको थियो । जसको पाइदा अहिले ‘स्त्री २’ लाई मिलेको छ ।