‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक

‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाबु साहेब बलामी निर्देशित सिनेमा ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो । सिनेमा आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।

गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । भारतको राजिस्तानमा खिचिएको गीतमा सिनेमाका अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी छ । कार्यक्रममा सिनेमाको टिजर र अर्को एक गीत पनि सार्वजनिक गरिएको थियो ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको अभिनय छ ।

सिनेमामा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । सिनेमाको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको सिनेमामा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।