‘कंगारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित

‘कंगारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित

द सिनेमा टाइम्स
644
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशन निर्माण हुने सिनेमा ‘कंगारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । सोमबार निर्मातासँग उनले लिखित सम्झौता गरेकी हुन् ।

यसअघि यो सिनेमामा अभिनेता केदार घिमिरे, जितु नेपाल र अर्पण थापा अनुबन्धित भैसकेका छन् । गण्डकी प्रदेशका मन्त्री समेत रहेका राजिव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा निर्माण हुने सिनेमामा स्वस्तिमाको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बनेको छ ।

सिनेमामा अनुबन्धित भैसकेपछि आफू उत्साहित भएको अभिनेत्री खड्काले बताइन् । यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो सिनेमालाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । दसैंपछि सिनेमाको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका ठाउँमा गर्ने तयारी छ ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालीसँगको सहकार्यमा निर्माण हुन लागेको सिनेमामा दर्शकले नयाँ कथा हेर्न पाउने निर्देशक बस्नेतको दाबी छ । सिनेमामा प्रेम थापा, धनबहादुर गुरुङ र मनोज भण्डारी निर्माताको रुपमा रहनेछन् ।

सिनेमामा सीमा गुरुङको कथा छ । अन्जन दुरा र लक्ष्मी राई सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता टीका भण्डारी हुन् । सिनेमालाई छायांकार सुशन प्रजापतिले खिच्नेछन् ।