‘नाङ्गो गाउँ’ र ‘दान्वी’ कान्तिपुर सिनेमाज्मा स्ट्रिमिङ सुरु

‘नाङ्गो गाउँ’ र ‘दान्वी’ कान्तिपुर सिनेमाज्मा स्ट्रिमिङ सुरु

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाज्मा सिनेमा ‘नाङ्गो गाउँ’ र ‘दान्वी’को स्ट्रिमिङ सुरु भएको छ । जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर सोमबार कान्तिपुर सिनेमाज्ले यी सिनेमाको ओटीटी स्ट्रिमिङ सुरु गरेको हो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘नाङ्गो गाउँ’ गतवर्षको भदौ २९ गतेबाट प्रदर्शनमा आएको थियो । सिनेमामा दयाहाङ राई, मिरुना मगर, कर्मा, शिशिर वाङ्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह को मुख्य भुमिका रहेको थियो । सिनेमाले नेपाली बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

रुपेश तामाङको निर्देशनमा निर्माण भएको सिनेमा ‘दान्वी’ गत असार ७ गतेबाट प्रदर्शनमा आएको थियो । पुजा शर्मा, कुन्साङ बोम्जन, किरण श्रेष्ठ, कालु राना लगायतको अनिभय रहेको सिनेमा बक्सअफिसमा असफल भएको थियो । यी दुवै सिनेमाले ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाज्मा राम्रो दर्शक पाउने अपेक्षा सञ्चालकको छ ।

हाल कान्तिपुर सिनेमाज्मा फिचर सिनेमा, अवार्ड विनिङ छोटा सिनेमा, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी ३० ओटाभन्दा बढी प्रिमियम कन्टेन्ट स्ट्रिमिङ भइरहेका छन् । पछिल्लो समय फरक विधाका सिनेमा, भिजुअल कन्टेन्ट र स्वतन्त्र सिनेमा मेकरहरूका लागि कान्तिपुर सिनेमाज् एक उपयुक्त विकल्प बन्दै गईरहेको दाबी सञ्चालकको छ ।

यो प्लेटफर्ममा अपलब्ध क्नटेनटलाई विश्वभर कान्तिपुर सिनेमाज्को वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर हेर्न सकिन्छ । एक युजरले मासिक २९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाज्को सबै कन्टेन्ट हेर्न सकिने र एउटा अकाउन्ट दुई वटासम्म डिभाईसमा लगईन गर्न सकिने कान्तिपुर सिनेमाज्ले जनाएको छ ।