‘कार्साङ’को छायांकन २२ दिनमा प्याकअप

‘कार्साङ’को छायांकन २२ दिनमा प्याकअप

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा ‘कार्साङ’को छायांकन सकिएको छ । सिनेमाको सम्पुर्ण छायांकन २२ दिनमा प्याकअप भएको निर्माण टिमले जानकारी दिएको हो ।

यम शेर्पा निर्देशित सिनेमाको छायांकन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ । ‘सिनेमाको सम्पूर्ण टिम राम्रो रहेकाले सबैले मेहनतका काम गरेकाले समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौं, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौं ।’ सिनेमाको प्रदर्शन मिति अहिलेसम्म घोषणा गरिएको छैन ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमालाई निर्माण गरिएको हो । केही दिनअघि सिनेमाको छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो जसमा दयाहाङ र अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए । सामाजिक कथावस्तुमा निर्माण भएको सिनेमामा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।

सिनेमामा दयाहाङका अलवा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका निर्माता समेत हुन् ।

गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् । मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुन् ।