वेब सिरिज ‘घर बट इन अमेरिका’को फर्स्टलुक सार्वजनिक

वेब सिरिज ‘घर बट इन अमेरिका’को फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकामा निर्माण भैरहेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’को फर्स्टलुक सार्वजनिक गरिएको छ । यो सिरिजको निर्देशन अभिनेता बिमलेश अधिकारीले गरिरहेका छन् ।

यो सिरिजबाट नेपाली सिनेमाकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा कमव्याक गरेकी छन् । यसमा अरुणिमाका अलवा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापा लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै भइरहेको छ । कमेडी-ड्रामा विधामा निर्माण भइरहेको सिरिजको कथा विवेक चम्लागाईले लेखेका हुन् । सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनालाई प्रस्तुत गरिएको छ ।

सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो । सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक, पशुपति बस्याल छायांकन र अप्सरा कटुवाल मेकअप रहेको छ । सिरिजको पहिलो चरणको छायांकन सकिएको छ । यो सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी भने दिइएको छैन् ।