‘एक्टर : टेक वान’को थिम पोस्टरमा चोटग्रस्थ प्रदीप

‘एक्टर : टेक वान’को थिम पोस्टरमा चोटग्रस्थ प्रदीप

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘एक्टर : टेक वान’को दोस्रो थिम पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको थिम पोस्टर अभिनेता प्रदीप खड्का फिचर्ड छन् । लामो कपालमा रहेका उनको अनुहारभरी चोट देखिन्छ ।

कात्तिक १५ गते रिलिज हुने सिनेमा ‘एक्टर’मा प्रदीपका अलवा डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहेको छ । अभिनेता खड्काले पहिलो पटक पर्दामा आना र दिव्यासँग सहकार्य गरेका हुन् ।

राजन भुसालको डेव्यु निर्देशन रहेको सिनेमाका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रियटिभ निर्माता मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसर तोरन क्षेत्री हुन् । सिनेमाको कथा आकाश बराल र निर्देशक राजन स्वयंले लेखेका छन् ।

शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्ट महर्जनको द्वन्द्व, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत, रोयल भिमसनको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा, मेकअपमा काव्य थापा, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर छ ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।