कार्तिक १५ लक्ष्मीपूजामा प्रकाश सपुतको ‘पूर्ण बहादुरको सारङ्गी’

कार्तिक १५ लक्ष्मीपूजामा प्रकाश सपुतको ‘पूर्ण बहादुरको सारङ्गी’

द सिनेमा टाइम्स
413
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन मिति घोषणा भएको छ । शुक्रबार सिनेमाको फर्स्टलुक सार्वजनिक प्रदर्शन मिति कार्तिक १५ गते लक्ष्मीपूजालाई घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । विजय फुलेको दाह्री र कपालमा खुसी भावमा देखिएका छन् भने प्रकाश फूलको माला लगाएर हातमा मार्कसिट लिएर खुसी हुँदै दौडिरहेका छन् । यसले उनी कक्षामा पहिलो भएको संकेत गर्छ । सिनेमामा विजय र प्रकाश बुबा-छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको सिनेमामा विजय र प्रकाशका मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, भोलाराज सापकोटा, देशभक्त खनाल, बुद्धि तामाङ, विनोद न्यौपाने, अलिसा बास्तोला, जानवी पौडेल, श्याम केसी लगायतको अभिनय रहेको छ । सिनेमामा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता तथा कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । यो सिनेमाको रिलिजमा रामबाबु गुरुङको व्यानर बाँसुरी फिल्मस्ले सघाउने भएको हो । सिनेमाले सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको कथालाई उठाएको छ । सिनेमामा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सुरेन्द्र पौडेलको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

यो मितिमा प्रदीप खड्काको ‘एक्टर : टेक वान’ र दीवाकर भट्टराई निर्देशित ‘मायावी’ पनि रिलिज हुँदैछन् ।