‘देवी’ र ‘रावायण’को अग्रीम टिकट बुकिङ खुल्ला

‘देवी’ र ‘रावायण’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तीजको अवसर पारेर भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देवी’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमा मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ ।

बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा पाएको राम्रो प्रतिक्रिया र तीज विदाको फाइदा सिनेमा उठाउने विश्वास निर्माण टिमलाई छ । यो सिनेमाले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्समा काठमाडौं र मोफसल गरी १९ शोज पाएको छ । यस्तै, आईएनआई चेनमा ३ शो, वान सिनेमाज्मा २ शो, बिग मूभिजमा ३ शो, बिएसआरमा १ शो, एफक्युब सिनेमाज्मा १ शो पाएको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

भोली शुक्रबारबाट नै प्रदर्शनमा आउन लागेको अर्को सिनेमा ‘रावायण’को पनि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यो सिनेमाले पनि राम्रो शो पाएको छ ।सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।