‘वर एन्ड वधु’को रोमान्टिक गीत ‘माया’ सार्वजनिक

‘वर एन्ड वधु’को रोमान्टिक गीत ‘माया’ सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत हप्ताबाट प्रदर्शनमा आएको सिनेमा ‘वर एन्ड वधु’को बिहीबार नयाँ गीत ‘माया’ सार्वजनिक भएको छ ।

यो रोमान्टिक गीतमा दीपक लिम्बू र प्रविशा अधिकारीको स्वर, शैलेन्द्र खनालको शब्द रचना र युग भुषालको संगीत छ । कविराज गहतराजको कोरियोग्राफीमा निर्माण भएको गीतमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्य रोमान्टिक भावमा देखिएका छन् । गीतले उनीहरुको प्रेम बोल्छ ।

मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमामा आँचल र विवेकसँगै विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, दिनेश काफ्ले, कुसुम शर्मा, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतको अभिनय छ ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने छ । रोमानियामा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।