एउटा तस्बिरले देखाएको सम्भावना, दिएको सन्देश र जगाएको अपेक्षा

एउटा तस्बिरले देखाएको सम्भावना, दिएको सन्देश र जगाएको अपेक्षा

द सिनेमा टाइम्स
728
Shares

द सिनेमा टाइम्स, काठमाडौं कृषा चौलागाईं निर्देशित सिनेमापिताम्बरअहिले धमाधम छायांकन भइरहेको दोस्रो सेड्युलअन्तर्गत यो सिनेमाकोछायांकन अहिले नवलपरासीमा भइरहेको जहाँ यो सिनेमाको भव्य सेट तयार पारिएको

सिनेमाको सेट हालसम्म निर्माण युनिटले लिक गरेको छैन तर बिहीबार एउटा तस्बिर भने आउट भएको कलाकारबाटै आउटभएको तस्बिरमा सिनेमाका मुख्य कलाकारमध्येका जना छन्

तस्बिरमा दयाँबाट क्रमशः सौगात मल्ल, प्रदीप खड्का, प्रमोद अग्रहरी, दयाहाङ राई रविन्द्र झा छन् यी सबैपिताम्बरका कलाकारहुन् यो तस्बिरले एउटै सिनेमामा थुपै्र स्टार सँगै काम गर्न सक्छन् भन्ने सन्देश पनि दिएको

यति मात्रै होइन यो सिनेमामा आर्यन सिग्देल, आँचल शर्मा, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने

राम्रो सन्देश मात्रै होइन आधा दर्जन स्टार एउटै सिनेमामा छन् जसको ठूलो फ्यान फलोइङ अहिलेको सिने बजारमा पहिलोरोजाइका अधिकांश कलाकार हुनुले यो सिनेमाको बक्सअफिस कलेक्सन कस्तो होला भन्ने कौतुहल सुरु भइसकेको बक्सअफिसका लागि कम्तीमा एकजना चलेको कलाकार राख्ने गरिएकोमा यति धेरै कलाकार एउटै सिनेमामा हुँदा पक्कै पनि राम्रो गर्नेअपेक्षामा निर्माण युनिट जसलाई स्वभाविक मान्न सकिन्छ

एउटै सिनेमामा नेपालका अधिकांश कलाकारले अभिनय गर्दैछन् यसले स्टार कलाकार सँगै मिलेर काम गर्न तयार छन् भन्ने सुखदसन्देश दिएको पक्कै पनि एउटै सिनेमामा आधा दर्जनभन्दा धेरै स्टार हुँदा सबैको भूमिका समान हुँदैन सबैको समान स्पेश टाइमहुँदैन सबैको बराबर सिन हुँदैन तर पनि सँगै काम गर्न तयार हुनु आफैँमा राम्रो पक्ष हो

यसले एकले अर्कोको अस्तित्व स्वीकार गर्न नेपाली कलाकार तयार छैनन् भन्ने हल्लालाई पनि गलत सावित गरिदिएको यो आफैँमा राम्रो पनि हो यसको श्रेय निर्देशक कृषालाई जान्छ

यो सिनेमाको प्रमुख पात्र को हो भन्ने हालसम्म निर्माण युनिटले खुलाएको छैन केही दिन अगाडि मात्रै सौगात प्रदीपको तस्बिर राख्दै निर्देशक कृषाले हु इज पिताम्बर भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन्

भदौ १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै सिनेमापिताम्बरको दोस्रो चरणको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको थियो

जहाँ अभिनेता प्रदीप खड्का सौगात मल्लको मुहूर्त सट दिएका थिए

काठमाडौंको छायांकन सकेर अहिले सिनेमाको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुगेको हो सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थियो

पिताम्बरनिर्देशक कृषाकोऐंचो पैंचोपश्चात दोस्रो निर्देशकीय सिनेमा हो यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेकोपिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् सिनेमाको निर्मातामा विशाल चौलागाई छन् प्रदीप भारद्धाजको लेखन रहेको सिनेमाको बजेट करोड बताइएको