‘आँखा’को मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक

‘आँखा’को मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आँखा’मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक भएको छ । हरितालिका तीजको अवसर पारेर दर्शकलाई उपहारस्वरूप ‘थीम गीत’ सार्वजनिक गरिएको हो ।

दीपक आरजेको संगीत र प्रकाश मल्ल र राम अविरल बिष्टको शब्द रचना रहेको गीतमा पवन गिरी र मीना सिंहको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा स्मिता लामिछाने र आरके मेहता फिचर्ड छन् । सिनेमाको गीतले जीन्दगीको खुशी र त्यसको प्राप्तिको लागि देख्ने सपनाको कथा बोल्छ ।

जौन योन्जनको निर्देशनमा निर्माण भएको सिनेमामा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय रहेको छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको सिनेमामा निर्देशक योन्जनकै कथा, पटकथा रहेको सिनेमाको निर्माता पनि योन्जन नै हुन् । नारायणप्रसाद बराल कार्यकारी निर्माता, राम बस्नेत लाइन प्रोड्यूसर रहेको सिनेमाको सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

सिनेमामा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दिपक आरजे र जयन जे वाइवाको संगीत, गंगा थापाको पाश्र्व संगीत र किशोर आचार्यको ध्वनी मुद्रण छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।