‘वसन्त’को पोस्टर सार्वजनिक, शनिबार बागलुङको धम्जादेखि छायांकन सुरु हुने

‘वसन्त’को पोस्टर सार्वजनिक, शनिबार बागलुङको धम्जादेखि छायांकन सुरु हुने

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक गरिएको छ । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर शुक्रबार मुख्य कलाकार सहितको पोस्टर सार्वजनिक गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य पाँच कलाकारहरुको चरित्र चित्रण गरिएको छ । उनीहरुको क्यारेक्टरमा कलाकारहरुलाई प्रस्तुत गरिएको छ । विद्यार्थीको पोशाक पहिरिएका पात्रहरु कापी-कलम च्याप्दै विद्यालयतिर दौडिएको देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरमा कलाकार र उनीहरुले निर्वाह गर्ने चरित्रबारेमा पनि उल्लेख गरिएको छ । जसमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्ग बहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमामा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि अभिनय रहनेछ । सिनेमाको कथा लेखन र संगीतको काम प्रकास स्वयंमले गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।

सिनेमाको छायांकन शनिबार बागलुङको धम्जादेखि सुरु हुँदैछ । त्यसअघि बागलुङकै कालिका मन्दिरमा सिनेमाको शुभसाइत पूजा गरिने छ । छायांकनका लागि सिनेमाको कलाकार सहितको टिम शुक्रबार बागलुङ जाँदैछ । सिनेमा चैते दशैंको अवसर पारेर आगामी चैत २२ गते प्रदर्शनमा आउनेछ ।