जन्मथलो बागलुङको धम्जाबाट प्रकाश सपुतले सुरु गरे ‘वसन्त’ छायांकन

जन्मथलो बागलुङको धम्जाबाट प्रकाश सपुतले सुरु गरे ‘वसन्त’ छायांकन

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘वसन्त’को छायांकन सुरु गरिएको छ । शनिबार बागलुङको कालिका मन्दिरमा शुभसाइत गर्दै सिनेमाको छायांकन सुरु गरेका हुन् ।

सिनेमाको शुभसाइतमा गायक तथा निर्देशक सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, अन्य कलाकार र प्राविधिक, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ लगायत सहभागी थिए । गायक तथा निर्देशक सपुतकै जन्मथलो धम्जा गाउँ सहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायांकन गरिनेछ ।

राजधानी काठमाडौं र तराईका विभिन्न लोकेसनमा छायांकनको दशैं र तिहारको बीचमा गरिने छ । सिनेमा छायांकनको लागि कास्ट एण्ड क्रू शनिबारै बागलुङ बजारदेखि धम्जा लागेका छन् । सिनेमालाई सुसन प्रजापतिले छायांकन गर्नेछन् ।

सिनेमामा स्वस्तिमा र प्रकाशसहित प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहनेछ । यो सोसल ड्रामा सिनेमामा निर्देशनसहित पटकथा र संगीत पनि सपुतकै हुनेछ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्ष यसको कथा हो ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सिनेमा चैते दशैंको अवसर पारेर आगामी चैत २२ गते प्रदर्शनमा आउनेछ ।