डोल्पाको दूरगाउँबाट सुरु भयो सक्किगोनि टिमको ‘लाज शरणम्’ छायांकन

डोल्पाको दूरगाउँबाट सुरु भयो सक्किगोनि टिमको ‘लाज शरणम्’ छायांकन

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबारदेखि सिनेमा ‘लाज शरणम्’को छायांकन सुरु भएको छ । चर्चित टिभी श्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको सिनेमाको डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाको दूरगाउँबाट छायांकन सुरु गरिएको हो ।

सिनमाका मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र विजय बरालको मुहूर्त सट दिएका थिए । यो सिनेमालाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरिरहेका छन् । सिनेमाको छायांकनका लागि यतिबेला सबै कलाकार डोल्पामा पुगेका छन् । डोल्पामा ४० दिनसम्म छायांकन हुनेछ । दशैंअघि काठमाडौंमा पनि छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ । अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् ।