‘के घर के डेराः घर नम्बर २’को छायांकन २५ दिनमा सकियो

‘के घर के डेराः घर नम्बर २’को छायांकन २५ दिनमा सकियो

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘के घर के डेराः घर नम्बर २’को छायांकन सकिएको छ । काठमाडौं र ललितपुरमा निर्माणपक्षले यो सिनेमालाई २५ दिनसम्म खिचेको थियो ।

प्राविधिक, कलाकारहरुको सहयोगमा सिनेमाको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले बताए । सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमालाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । बुद्धि सागरको लेखन रहेको सिनेमालाई कृष्णबहादुर थापाले खिचेका हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको सिनेमामा शरद श्रेष्ठ, किरण मजर्हन र राजीव श्रेष्ठको लगानी छ । सिनेमालाई काठमाडौंमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।