‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्यो’को टिजर सार्वजनिक

‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्यो’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्यो’को टिजर सार्वजनिक भएको छ । आइतबार युट्युबमा सार्वजनिक सिनेमाको गीतको टिजरमा अभिनेता विपिन कार्कीलाई बृद्ध अवस्थामा नृत्य गर्दै गरेको देख्न सकिन्छ ।

सिनेमाको यो गीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना र शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ । पुरा गीत भदौ २७ गते बिहीबार रिलिज हुनेछ । गीतको टिजरले अडियो तथा भिडियो उत्कृष्ट बनेको संकेत गरेको छ ।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’मा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।