युट्युब ट्रेन्डिङको शीर्षस्थानमा दयाहाङ र मिरूनाको ‘नांगो गाउँ’

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा दयाहाङ र मिरूनाको ‘नांगो गाउँ’

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हरितालिका तीजको अवसर पारेर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको सिनेमा ‘नांगो गाउँ’ ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिनेमा युट्युबमा रिलिज भएसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङ एकमा आएको सिनेमालाई हामीले यो समाचार तयार पार्दासम्म ती मिलियनभन्दा बढी पटक हेरिएको छ । यस्तै, यो सिनेमालाई युट्युबमा १ लाख ४८ हजार बढि लाइक र ४ हजार ३ सय बढि प्रतिक्रिया मिलेको छ । नेपाली सिनेमाका लागि यो भ्युज, लाइक र कमेन्ट उत्साहजनक हो।

दिपेन्द्र लामाको लेखन एवंम् निर्देशन रहेको सिनेमामा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन् । ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमामा राजनीतिक दाउपेचको कथालाई देखाइएको छ । दयाहाङ र मिरूना सिनेमामा श्रीमान-श्रीमतीको भूमिकामा छन् । दयाहाङले शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको सिनेमामा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । सिनेमामा दयाहाङ र मिरुनासँगै शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।