बाबु-छोरीको कथामा ‘रंगी’ निर्माण गर्दै सलोन बस्नेत

बाबु-छोरीको कथामा ‘रंगी’ निर्माण गर्दै सलोन बस्नेत

द सिनेमा टाइम्स
749
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत सिनेमा ‘रंगी’को निर्माण घोषणा गरेका छन् । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

पछिल्लो समय सलोन अभिनयसँगै सिनेमा निर्माणमा पनि आफ्नो उपस्थिति बढाइरहेका छन् । गत वर्ष ‘जय हो’ निर्माण गरेका उनी यसै वर्ष सिनेमा ‘यूनिभर्सिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । तर, यो सिनेमाभन्दा अगाडि उनले ‘रंगी’ बनाउने भएका हुन् ।

साइकलमा बसेकी एक बालिकासँग खेल्दै गरेका एक पुरुष पोस्टरमा चित्रित गरिएको छन् । उनीहरू बाबु-छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखिन्छ । यो सिनेमाले बाब-छोरीको भावनात्मक सम्बन्धको कथालाई उठाउन लागेको पोस्टरले बुझाउँछ । सक्षम सुवेदी निर्माता रहेको ‘रंगी’को प्रस्तुतकर्ता सलोन बस्नेत हुन् । सिनेमाको छायांकन सौरभ लामाले गर्नेछन् ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाबाट सुरेश न्यौपानेले निर्देशनमा डेव्यु गर्दैछन् । उनले यसअघि ‘छक्का पञ्जा’, ‘यात्रा’, ‘ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका सिनेमामा मुख्य सहायक निर्देशक भएर काम गरेका थिए । असोज ११ गतेबाट छायांकन सुरु हुने सिनेमाका कलाकार फाइनल हुने जनाइएको छ ।