‘सानो संसार’ ट्रेलर : मध्यम वर्गीय परिवार संघर्ष र विदेश मोहको मर्मस्पर्शी कथा

‘सानो संसार’ ट्रेलर : मध्यम वर्गीय परिवार संघर्ष र विदेश मोहको मर्मस्पर्शी कथा

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको २ मिनेट ५४ सेकेण्ड लामो ट्रेलरले कथावस्तु प्रकाश पार्छ ।

असोज ११ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलरले मध्यम वर्गीय परिवारले गर्ने संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई मर्मस्पर्शी ढंगले पस्किएको छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्त पैदा गर्नुका साथै मध्यम वर्गीय परिवारलाई हलसम्म तान्ने विश्वा निर्माण टिमको छ । प्रचार सामाग्रीमा त्यो पावर देखिएको पनि छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।